विर्तामोडको होटलमा खोप बुझ्ने र बुझाउने कर्मचारीलाई कारवाहीको लागि पत्रचार गर्ने राय सहित प्रतिवेदन सार्वजनिक


७ भाद्र २०७८, सोमबार १६:५३ मा प्रकाशित

झापा, भदौ ७। झापास्थित बिर्तामोडको टायमलेस मोमेण्टमा कोरोना भाइरसविरुद्धको खोप लुकाइएको आरोप पुष्टि नभएको छानविन समितिले जनाएको छ ।

समितिले निर्धारित समयभन्दा दुई हप्ता ढिलो गरि प्रतिवेदन बुझाउदैं आरोप पुष्टि नभएको जनाएको हो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको सो समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज खोप छानविनको प्रतिवेदन बुझाएको हो ।

खोप विधिसम्मत स्वास्थ्य कार्यालयले बिर्तामोडलाई पठाएको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक रिमालले गलत मनसायबाट होटलमा खोप नपुर्याएको जानकारी दिनुभयो ।

समितिले फोकल पर्सन ओम खड्कासँग लिखित स्पष्टीकरण मागेको थियो । यस्तै, स्वास्थ्य कार्यालय , नगरपालिका, प्रत्यक्षदर्शी र होटल सञ्चालकसँग सोधपुछ गरेको थियो । समितिले स्वास्थ्य कार्यालयबाट खोप प्रक्रिया पुरा गरेर वा नगरि पठाएको भन्ने बारे खोजी गरेको छ ।

खोप छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि भएको देखिएकोले खोप बुझ्ने र बुझाउने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्रचार गर्ने राय सहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत महिना १०३ भायल खोप लुकाएको भन्ने घटना व्यापक भएपछि खोप लुकाएको भन्ने सुनेर बिर्तामोडका नागरिक आक्रोसित भएका थिए ।

खड्काले खोप लुकाएको भनिएको घटना बाहिर आएपछि नगरपालिकामा समेत तालावन्दी गरिएको थियो । नेविसंघ र अखिल क्रान्तिकारीले खोपमा भएको अपारदर्शिता सार्वजनिक गर्न माग गर्दै उनीहरुले तालावन्दी गरेका थिए ।

खड्कालाई यहाँका उनका प्रतिष्पर्धीले खोप विक्रि गरेको आरोप पनि लगाउका थिए । खोप विक्रि गरेको आरोप लागेपछि समितिले उनीहरुलाई प्रमाण ल्याउन भन्दै एक हप्ता दिएका थिए । तर, आरोप लगाउनेहरुले प्रमाण पुराउन सकेनन् । घटना भएकै दिन खड्काले यथार्थ कुरा बताउँदा पनि जवरजस्ती लुकाएको आरोप लगाएको गुनासो गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here