झापा, भदौ ७ । झापाको कनकाई नगरपालिकामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।
सोमबार बिहान कनकाई नगरपालिका वडा नं १ मा एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
३४ वर्षिय रविन विक, २९ वर्षिय उनकी श्रीमती मुना विक र आठ महिनाकी छोरी रुविना विकले झुन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरिक्षक सन्तोष आर्चायले बताउनुभयो ।





