सुनको भाउ आज तीन सयले घट्यो


६ भाद्र २०७८, आईतवार १२:३० मा प्रकाशित

काठमाण्डौ, भदौ ६ । सुन चाँदीको भाउमा आज केही गिरावट आएको छ । सुन तोलामा आज तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ सस्तो भएको छ ।

आज सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here