जापानले दिएको १६ लाख १४ हजार खोप काठमाडौं आइपुग्यो


७ भाद्र २०७८, सोमबार १२:२७ मा प्रकाशित

काठमाडौं, भदौ ७ । जापान सरकारले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७४० डोज खोप काठमाडौं आइपुगेको छ। सोमबार पाँच लाख ५९ हजार डोज खोप ल्याइएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

खोप बहिान साढे ९ बजे कतार एयरवेजको वमिानमार्फत खोप ल्याइएको हो। शनबिार सवा २ लाख डोज खोप ल्याइएको थियो। गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।

जापान सरकारले कोभ्याक्स सुवधिाअन्तर्गत अस्ट्राजेनेका खोप सहयोग गरेको हो। मन्त्रालयका अनुसार अहलिेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षति ३३ प्रतशितलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षति सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहलिेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहलिो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्णं मात्रा खोप लगाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here