फरार अभियुक्त पक्राउ


६ भाद्र २०७८, आईतवार १२:०९ मा प्रकाशित

लहान, भदौ ६ । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय पाएर फरार पाँचजनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशंकर महतो, लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा–१६ का ४० वर्षीय जाकिर मलंग र चोरी मुद्दामा एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन् ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here