कोशीमा पानीको बहाव यस वर्षकै उच्च,ब्यारेजको २९ ढोका खुल्ला


१९ असार २०७८, शनिबार १०:३३ मा प्रकाशित

बाढी पूर्वानुमान महाशाखाले आज कोशी,नारायणी‚कन्काई,कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।

कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुल्ला गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा नदी तथा खोलामा पानीको बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here