धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु


१९ असार २०७८, शनिबार ११:१० मा प्रकाशित

धादिङ ।  धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ ।तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ । पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुई वटाको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का  १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ । सोनी देवीको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जना घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । पहिरोपछि राजमार्गमा बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here