मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ।
नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची,कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा,नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखले आग्रह गरेको छ।
यस्तै,होचो ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।





