झापा । मेचीनगर नगरपालिका ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमणको कारण बिरामी परेका वडाध्यक्ष मेचेको उपचारको क्रममा बिर्तामोड स्थित पुर्णटुङ्ग बिर्तासिटी अस्पतालमा शनिबार दिउँसो १२ वजे निधन भएको हो । उनलाई १४ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
५१ वर्षीय मेचेको वैशाख ४ दिन अघि देखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।





