काठमाडौँ । विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ८ लाख २१ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।२४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै दुई लाखले धेरै हो ।पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड २५ लाख ८१ हजार ४०७ पुगेको छ ।कुल संक्रमितको आधारमा निको हुने दर ८७.३८ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ३१ लाख ६९ हजार ३०० पुगेको छ ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७२ लाख ४ हजार ६२८ छ । यसमध्ये १ लाख २ हजार ९५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार २६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८२३ जनाको मृत्यु भएको छ ।





