नेपाल चलचित्रकर्मी संघको सल्लाहकार शंकरको निधन


२ जेष्ठ २०७८, आईतवार १०:३१ मा प्रकाशित

झापा । नेपाल चलचित्रकर्मी संघ प्रदेश १का सल्लाहकार सदस्य नवराज शंकरको निधन भएको छ ।इलाम नगरपालिका ९का ३५ वर्षीय शंकरको कोरोना संक्रमणका कारण शनिबार राति निधन भएको हो ।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो ।शंकरको उपचारको क्रममा निधन भएको जनाईएको छ ।

शंकरको निधन प्रति गहिरो दुख व्यक्त गर्दै संघका अध्यक्ष केवल तामाङले संघ र सामाजको लागि अपुरणीय क्षति पुगेको बताउनु भयो ।अध्यक्ष तामाङले कोरोनाले विकराल रुप लिएको भन्दै सरकारले जारी गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

शंकर नेकपा एमाले इलामको कार्यालय सचिव तथा बाल संगठनका सभापति समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here