चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि


२ जेष्ठ २०७८, आईतवार ०९:५८ मा प्रकाशित

काठमाण्डाै  । सरकारले आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने भएको छ ।काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ । पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here