झापा । पूर्वी नेपालको विभिन्न शरणार्थी शिविरबाट तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले कोरोना उपचारमा चाहिने सामाग्री सहयोग गरेका छन् ।
दमक स्थित कोभिड अस्पतालमा पीपीइ,अक्सिजन नाप्ने पल्स अक्सिमिटर,सेनिटाइजर,मास्क लगायतका सामाग्री आज (शनिबार) हस्तान्तरण गरिएको हो ।वेलडाँगी शरणार्थी शिविरका पूर्व सचिब टिकाराम रसाइलीको अगुवाईमा आँशु पूँछौं नामक सहयोगी संस्था मार्फत एक लाख रुपैयाँ मुल्यको सामाग्री हस्तान्तरण गरिएको हो ।
शरणार्थी शिविरका पूर्व सचिब युवराज राईले दमक वडा नम्बर ३ का अध्यक्ष नविन बराल र स्वास्थ्यकर्मीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी,दमक वडा नम्बर २ र ३ का जनप्रतिनिधिलाई समेत सेनिटाइजर उपलव्ध गराएको छ ।भूटानी शरणार्थीको समेत उपचार हुँदै आएको ३० वेडको दमक कोभिड अस्पताल यस अघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत बर्षनै निर्माण गरिएको हो ।





