जनता समाजवादी पार्टी विभाजनको डिलमा


१ जेष्ठ २०७८, शनिबार १९:१० मा प्रकाशित

काठमाडौं।  शिर्ष नेताहरुको विवादका कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ।पार्टी एकता भएको एक बर्ष बित्न नपाउँदै जसपा विभाजनको बाटोमा लागेकोे हो।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि कतापट्टि लाग्ने भन्ने बिषयले बीजारोपण गरेको विवाद अहिले विभाजनको संघारमा आइपुगेको छ। पार्टीभित्रको विवाद उत्कर्ष तर्फ धकेलिरहेका बेला अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफू पक्षको सांसदहरुको उपस्थितिमा नेता महतोलाई संसदीय दलको नेता चयन गरेपछि पार्टी विभाजनका लागि थप बल पुर्याएको छ।

महन्थ–राजेन्द्र पक्षले बिहीबार वरिष्ठ नेता यादवलाई संसदीय दलको नेता चयन गरेको छ। पार्टीको संसदीय दलको नेता चयन हुँदैगर्दा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने बेखबर नै रहे।त्यसो त पार्टीभित्रको विवाद बल्झिँदै गएपछि साविक संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका दुवै समूहले आ–आफ्नो ढंगले भेला तथा बैठक गर्दै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here