काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको १४औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए पनि २९औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ११ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो ।
बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ । दोस्रो लेग मे ६ मा हुनेछ ।





