झापा र मोरङका गरी विराटनगरमा उपचाररत थप दुई संक्रमितको मृत्यु


१५ बैशाख २०७८, बुधबार १२:४४ मा प्रकाशित

मोरङ । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मोरङ र झापा घर भएका सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान ३४५ बजे मृत्यु भएको हो । उनमा निमोनियाको पुरानै समस्या रहेको दाहालले बताए ।

यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here