झापामा मास्कको प्रयोगमा कडाई, प्रशासनले थाल्यो अनुगमन


१४ बैशाख २०७८, मंगलवार १८:५६ मा प्रकाशित

विर्तामोड । कोरोना भाइरस संक्रमणको पछिलो अवस्थाको निगरानी र सजगताका लागि जिल्ला प्रशासन नेतृत्वको टोलीले आज झापाको विर्तामोडमा अनुगमन गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सीना नेतृत्वको टोलीले जिल्लाको मुख्य बजार विर्तामोडमा कोरोना संक्रमणप्रति जनता सजग भए नभएको, मास्कको प्रयोग गरे नगरेको अनुगमन गरेको हो ।

सर्वसाधरणले मास्कको प्रयोगसंगै सुरक्षा सतर्कतालाई अपनाएका छन कि छैन्न भन्ने बिषयमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सीनाले बताए ।

टोलिले मास्को प्रयोग नगर्नेलाई मास्कको समेत बितरण गरि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । विर्तामोडमा भेटीएका नागरिकहरु ९० प्रतिशत भन्दा बढीले मास्क को प्रयोग गरेको पाईएको तिमिल्सीनाले बताए ।

सोमबार बसेको डिसिसिमसीको बैठकले अनुगमनलाई कडाई गर्ने निणर्य अनुरुपनै अनुगमन थालिएको उनले बताए ।

झापामा तत्कालै निषेधाज्ञ जारी गर्ने कुनै तयारी भने नभएको उनको भनाई छ ।

अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यलयका प्रमुख सानुराम भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष ऐकराज गिरी, उघोग वाणिज्य संघ विर्तामोडका पूर्व अध्यक्ष कुमार भट्टराई लगायतको सहभागीतो थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here