नाइजेरियामा चौकी आक्रमण गरी पाँच प्रहरीको हत्या


१४ बैशाख २०७८, मंगलवार १३:२९ मा प्रकाशित

काठमाडौं । दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरूले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्।

सोमबार ती बन्दुकधारीहरूले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए। सो हमलामा परी पाँच जना प्रहरी मारिएका हुन्।

सो प्रहरी चौकीमा उनीहरूले हमला गरेका थिए। इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन्।

उनले सो चौकीबाट ती बन्दुकधारीहरूले आफ्ना केही साथीहरूलाई पनि जेलमुक्त गरेर लगेका बताए। यसअघि पनि सो प्रहरी चौकीमा उनीहरूले हमला गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here