गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय


७ चैत्र २०७७, शनिबार १४:०९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here