गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय


५ चैत्र २०७७, बिहीबार १५:२१ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्षको गुटगत भेला गर्ने र त्यस्ता भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।’ सांसद बस्नतेले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरूलाई सचेत गराउने निर्णय भएको छ ।’

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here