प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने


६ चैत्र २०७७, शुक्रबार ०८:३७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कोइरालाको विहीबार निधन भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना पछि आज चौथो बैठक बस्न लागेको हो।

राजनीतिक दलको किचलोका कारण संसद बैठक सहज रुपमा अगाडी बढ्न सकेको छैन्। यसअघि गत मंगलबारको बैठकमा पूर्व सांसद एवं खानेपानी मन्त्री दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै आजका लागि बैठक तोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here