काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक शुरू भएको छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागी छैनन् । उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन् । सानेपामा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ । भेला आज सकिनेछ ।
नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए ।





