नेकपा दाहाल–नेपाल समूहले आज टुँडिखेल घेर्दै


६ फाल्गुन २०७७, बिहीबार ०८:२२ मा प्रकाशित

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल– नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।

यो समूहले बुधबार (५ फागुन) देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ । समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here