झापा । विर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायिक प्यानलले पनि उम्मेद्वार सार्वजनिक गरेको छ ।
बुधबार एक कार्यक्रमको विच अध्यक्षमा प्रकाश शिवाकोटीसहितका १९ जना उम्मेद्वार सार्वजनिक गरेको हो ।बाँकी उम्मेद्वारहरु वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे राजु, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिव राजकुमार शाह, कोषाध्यक्ष दिपेन्द्र राउत, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाई रहेका छन् ।
यस्तै सदस्यहरुमा बिशाल थापा, सनी गोयल, विकास बस्नेत, दीपक अग्रवाल, मनोज रौनियार, पुकार बराल, बलराम सिटौला राम, महिला सदस्य तर्फ तिलोतमा खत्री र तुलसा ढकाल रहेका छन् ।
कार्यक्रममा लोकतान्त्रिक व्यवसायिक प्यानलको तर्फबाट प्रत्येक व्यवसायीको विवरण डिजिटल प्रविधिमा राखि व्यवसायीलाई स्मार्ट परिचय पत्र वितरण गर्ने, विर्तामोडलाई बन्द, हडताल र चन्दामुक्त बनाउँदै सुरक्षित र शान्तिपुर्ण व्यवसायिक वातावरण बनाउने लगायतका २९ बुँदे प्रतिवद्वता सार्वजनिक गरीएको छ ।
उम्मेद्वारी घोषणा कार्यक्रममा संविधानसभा सदस्य सुधिर शिकाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा,कांग्रेस नेता देउमान थेवे, विर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।





