झापा । विर्तामोड उद्योग वाणिज्य संघ झापाको फागुन १६ गते हुने निर्वाचनका लागि नेकपा र राप्रपा निकट संयुक्त व्यवसायी प्यानलले उम्मेद्वार सार्वजनिक गरेको छ ।
बुधबार एक कार्यक्रमकाबिच उम्मेद्वार सार्वजनिक गरीएको हो ।संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्षमा सुवास भट्टराई, वरिष्ट उपाध्यक्षमा नारायणप्रसाद चिमरीया,उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मीला खरेल, महासचिवमा अर्जुनकुमार मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी, वाणिज्य सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा दुर्गा थपलिया र सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल उम्मेद्वार रहेका छन् ।
यस्तै सदस्यमा गुञ्जन प्रसाई, बिसन लिम्बु, गौरीसंकर गुप्ता, उदय शाह, भगिरथ लुईटेल, सुर्य खतिवडा, गोविन्द कार्की, महिला सदस्य तर्फ रुची शिवाकोटी र सोनी अग्रवाल उमेद्वार छन् ।
कार्यक्रममा संयुक्त व्यवसायी प्यानलको तर्फबाट विर्तामोड बजारको शान्ति सुरक्षा र व्यवस्थित पार्किङ्ग, रात्रीकालिन बजार सञ्चालन साथै यातायातको सुविधा र सुरक्षा लगायतका २७ बुँदे साझा प्रतिवद्वता पत्र पनि सार्वजनिक गरीएको छ ।
घोषणा कार्यक्रममा नेकपा प्रदेश १ इन्चार्ज देवराज घिमिरे, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, संविधान सभा सदस्य दिपक कार्की, विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, नेकपा नगर कमिटि अध्यक्ष ज्ञानुराम प्रसाई, नेकपा नेता सिपी कडरीया, ज्योति सिं दर्लामी, व्यवसायी हनुमान मित्तल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेद प्रकाश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।





