विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा नारायणप्रसाद चिमरीयाको उम्मेदवारी


४ फाल्गुन २०७७, मंगलवार २१:२७ मा प्रकाशित

झापा । आसन्न विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायी नारायणप्रसाद चिमरीया वरिष्ट उपाध्यक्ष पदमा उठ्ने भएका छन् ।
वर्तमान समितिको उद्योग वाणिज्य उपाध्यक्ष रहेका उनी आगामी चुनावमा वरिष्ट उपाध्यक्ष पदमा उठ्ने भएका हुन् ।
२०५३ साल देखि व्यवसाय क्षेत्रमा आवद्व चिमरीया विभिन्न सहकारी तथा दर्जनौ सामाजिक संघ संस्थाहरुमा पनि आवद्व छन् ।अलैँची व्यवसायी महासंघका साधारण सदस्य समेत रहेका उनी कनकाई भुजिया फ्याक्ट्रीका सञ्चालक हुन् ।

चिमरीयाले विर्तामोड उद्योग वाणिज्य संघ भन्दा अघि पनि पाँचथर उद्योग वाणिज्य संघमा रहेर काम गरेका थिए ।व्यवसायीको क्षेत्रमा रहेका दर्जनौँ समस्यालाई पहिचान गरिसकेका उनले समस्या समाधानको लागि सबै एकजुट हुनु पर्ने बताए ।

विर्तामोड उद्योग वाणिज्य संघलाई साझा थलोका रुपमा चिनाउन र व्यवसायीहरुको उत्थानका लगि आफ्नो उम्मेद्वारी रहेको चिमरीयाको धारणा छ । चिमरीया आवद्व व्यवसायीहरुको प्यानलले भोली (बुधबार) उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here