राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुरको तेस्रो जित


४ फाल्गुन २०७७, मंगलवार १८:३१ मा प्रकाशित

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मंगलबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी रानाले एक–एक गोल गरिन् ।

चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन् । पहिलो हाफको इन्जुरी समयमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । खेलको ६६ औं मिनेटमा दिल कुमारीले गोल गर्दै टोलीको अग्रता २–० को बनाईन ।

खेलको ६८ औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काएकी थिइन् । जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार ११ औं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here