राष्ट्रिय महिला लीग आज पुलिस र चन्द्रपुर भिड्दै


३० माघ २०७७, शुक्रबार १२:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ।

विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ। चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ।

पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अङ्क बराबरी गर्न चाहन्छ। पुलिस ८ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ।

चन्द्रपुर पनि पुलिसलाई हराएर अङ्क तालिका सुधार गर्न चाहन्छ। चन्द्रपुर ६ अङ्क जोडेको छैटौं स्थानमा रहेको छ।​ लीगमा अपराजित एपीएफ २४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। आर्मी २२ अङ्क जोडेर दोस्रो र १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here