धनकुटामा अज्ञात समुहद्वारा एक घरमा आगो लगाइ अर्कोमा चोरीको प्रयास


३० माघ २०७७, शुक्रबार १०:५५ मा प्रकाशित

धनकुटा ।धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समुहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ ।

बिहीबार बेलुका ८ बजेतिर अज्ञात पक्षले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको हो।

आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ भने चोरी प्रयास भएको विशङ्खकोे घरको सामान केही नजिकै फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न हुनेको खोजी गर्न प्रहरीले स्थानीयसँग सहकार्य गरि काम गरिरहेको एसपी अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here