अर्जुनधारा । शान्ति सामुदायीक वन उपभोक्क्ता समुहको अध्यक्षमा तुलसी खतिवडा चयन भएका छन् । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा अवस्थीत वन समुहको आज आयोजीत आकस्मीक आम भेलाले निवर्तमान अध्यक्ष खतिवडालाई पुन: अध्यक्षमा चयन गरेको हो । अघिलो कार्यकालमा पहिलो पटक अध्यक्ष बनेका खतिवडाले समुहको स्तरबृद्धी र विकासमा उल्लेख्य काम गरेका थिए । कुशल नेतृत्व प्रदान गरेका खतिवडालाई उपभोक्क्ताहरुले पुन: अध्यक्षमा चयन गरेका हुन् ।
यस्तै भेलाले अघिलो कार्यसमितिको सचिव मनकुमारी संजेल गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै समुहको सचिवमा भिमा देवी चापागाई ढकाललाई चयन गरेको छ । समुहको सहसचिवमा प्रेम उपरकुटी चयन भएका छन् भने कोषाध्यक्षमा अघिल्लो कार्यकालका खगेन्द्र प्रसाद कोइरालालाई पुन: जिम्मेवारी दिइएको छ ।

समुहका सदस्यहरुमा कुमार श्रेष्ठ, सिता सिवा, इन्दिरा कुमाल, कुन्ता देवी भण्डारी र चित्रा फागो चुनीएका छन् । इन्द्र कुमारी लिम्बु, डम्बर रिमाल, सरस्वती कुमाल, डिक बहादुर तिखत्री, चुडामणी ढकाल र गणेश कुमार प्रदान पनि समुहको कार्यसमिति सदस्यमा चयन भएका छन् ।
समुहका सल्लाहाकार पुण्य प्रसाद ओझाको संयजकत्वमा सब डिभिजन बन कार्यालय सुरुङगाका अधिकृत नथुनी गहेबर यादव, अर्जुनधारा नगरपालिका २ नम्बर वडाका वडा परिषद सदस्य राजेन्द्र वाग्ले, समुहका पूर्व अध्यक्ष सिदार्थ श्रेष्ठ र योगेन्द्र आचार्य सम्मीलित अध्यक्ष मण्डलले प्रस्ताव गरेको नयाँ कार्यसमितिको नामलाई भेलाले सर्वसहमतीले अनुमोदन गरेको हो ।
नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरपालिका २ नम्बर वडाका वडाअध्यक्ष रघुनाथ खनालले सफथ गराएका थिए ।गत माघ १९ गते अघिलो कार्यसमितिको म्याद सकिएपछि बिहिबार आयोजीत आकस्मीक आम भेलाले समुहको नयाँ कार्यसमिति चयन गरेको हो । समुहमा करिब ८ सयको हारहारीमा उपभोक्ता रहेका छन् ।





