प्रेस संगठन झापाको संयोजकमा उप्रेती,सहसंयोजकमा परियार


२९ माघ २०७७, बिहीबार १९:५९ मा प्रकाशित

बिर्तामोड । प्रेस संगठन झापाको संयोजकमा टिकाराम उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै सहसंयोजकमा प्रदीप परियारलाई जिम्मेवारी प्रदान गरिएको १ नम्बर प्रदेश समितिका इञ्चार्ज लीलाराज भट्टराईले जानकारी दिए ।

संगठनमा आवश्यक सुदृढकीकरण गर्दै प्रदेश १ को संयोजकमा गणेश पोखरेल र सहसंयोजकमा नुतन राईलाई जिम्मेवारी तोकिएको छ । यस्तै,सबै जिल्लाको संयोजक र सहसंयोजक हेरफेर गरिएको प्रदेश संयोजक पोखरेलले जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङमा कमल प्रसाद भट्टराई, पाँचथरमा तुलसी क्षितिज, इलाममा विमल कुमार दाहाल, मोरङमा सुदिप कोइराला, सुनसरीमा शेखर ढकाल, धनकुटामा सन्तोष रुचाल, तेह्रथुममा कृष्ण विदुखी गौतम, भोजपुरमा युवराज विष्ट, संखुवासभामा दुर्गा कटुवाल, उदयपुरमा गणेश उप्रेती , ओखलढुङ्गामा सरस्वती बाँनिया, खोटाङमा ख्याम अधिकारी र सोलुखुम्बुमा डिबि खालिङलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

स्थानीय आवश्यकताका आधारमा जिल्लामा दुई जना सहसंयोजक चयन गर्न सकिने बताइएको छ ।

संयोजक पोखरेलका अनुसार फागुन ६ गते विराटनगरमा प्रदेश भेला आयोजना गरिएको छ । सो भेलामा केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला संयोजक, सहसंयोजक, संगठनका अगुवा नेता र पत्रकार महासंघमा संगठनका तर्फबाट निर्वाचित पदाधिकारीहरुलाई सहभागी गराउने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here