विश्वभर ७ करोड ९ लाखले जिते कोरोना, २१ लाख संक्रमितको मृत्यु, १ लाख ११ हजार सिकिस्त


१० माघ २०७७, शनिबार ०८:२३ मा प्रकाशित

काठमाडौँ । विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ९ लाख ११ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१।८२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ८३१ जना निको भएका छन् ।

कुल संक्रमितको २६.०४ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ९ हजार २५८ छ । यसमध्ये १ लाख ११ हजार २३९ जनाको अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख १३ हजार ५५५ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २१ लाख १६ हजार १५९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here