कोरोना संक्रमणका कारण बेलायतमा एकैदिन १८ सय २० जनाको मृत्यु


८ माघ २०७७, बिहीबार १४:२९ मा प्रकाशित

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको छ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकैदिनमा ज्यान गएको यो पहिलोपटक भएको बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन्।

यसैगरी, बेलायतमा बुधबारसम्म ९३ हजार २९० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ।

बेलायती स्वास्थ्य अधिकारीले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन्। बेलायतबाट कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो।

उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ। यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ।

एकैदिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिनयताको यो ठूलो संख्या पनि हो। यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ।

समाचारअनुसार यही बुधबारसम्ममा ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here