कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुग्यो


८ माघ २०७७, बिहीबार १३:०१ मा प्रकाशित

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

आज विहान ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमान १० लाख डोज खोपको पहिलो लट लिएर काठमाडौं आएको हो।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अहिले केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने मन्त्रालयले जनाएको छ।

भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप लगाइनेछ । १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने मन्त्रालयको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here