कोरोनाबारे मिडिया ब्रिफिङ सातामा दुई दिन मात्रै गर्ने


१२ कार्तिक २०७७, बुधबार १६:५९ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्ने भएको छ । दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्।

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो ।

अबदेखि आइतवार र बुधबार मात्रै साविककै समयमा कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ, गौतमले भने, दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४.ं३० बजे कोभिड–१९ सूचना दिन खोलिएको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here