थप १९ सय ५४ सय जनामा कोरोना पुष्टि


१२ कार्तिक २०७७, बुधबार १६:५२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारी अनुसार आज देशभर २९ सय ८१ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २१ हजार ८२४ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८८७ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८२ सय ४८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ९ हजार २९५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here