पोखरामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार १४:३९ मा प्रकाशित

कास्की । पोखरामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा–१३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here