टिकाको तेस्रो दिन पनि मान्यजनबाट जमरा र टीका लगाउने क्रम जारी


१२ कार्तिक २०७७, बुधबार १५:५५ मा प्रकाशित

 

काठमाडौं । विजया दशमीको तेस्रो दिन पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल द्वादशीका दिन बुधबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी रहेको हो ।

घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहने गर्दछ ।

टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णीमाको दिनसम्मै जारी रहने गरेको हो । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here