कोरोनाबाट मेचीनगरकी ७९ वर्षीया महिलाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार १५:३२ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए ।

निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो ।
बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here