काठमाडौँ । भारतको विहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ ।
कोरोना महामारीका बीच पहिलो पटक विहारमा मतदान भएको हो । मतदान तीन चरणमा हुनेछ । पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो ।
९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् ।
मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् ।





