धरानमा पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार १२:२५ मा प्रकाशित

सुनसरी । सुनसरी स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप पाँच संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले दुई महिला र तीन पुरूषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डां.आशिष श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिकाकाकी एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको छन् । योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here