झापा । झापाको कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीले बिहिबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न सोही स्थानका २२ वर्षीय रविन राजवंशी (टल्के) लाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न राजवंशीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलिले करिब ८ देखी १० घण्टाकोबीचमा नै प्रक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए ।
डिएसपी रिजालका अनुसार मृत चौधरीलाई टल्केले बञ्चरो प्रहार गरी मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चौधरीकोे शव बुधबार विहान ६ बजे कनकाई नगरपालिका– ३ एकान्तटोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो ।
मंगलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बञ्चरो ल्याई प्रहार गरेर हत्या गरेको डिएसपी रिजालले बताए ।
घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घट्ना स्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको बञ्चरो, हत्याराले लगाएको रगत लागेको सर्ट, हाफपेन्ट र माटो लागेको चप्पल समेत बरामद गरेको छ ।





