घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते


२९ आश्विन २०७७, बिहीबार १४:१४ मा प्रकाशित

 

काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। किरियापुत्री बसेको उक्त घरमा बिहीबार सिलिन्डर पड्किएको हो।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको मनमोहन र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। सिलिन्डर विस्फोटमा परी ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

यस्तै विस्फोटमा अन्य सात आठवटा घरमा सामान्य क्षति भएको राठौरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here