काठमाडौं । नेपालमा शनिबार २१२० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ७६६ महिला र १३५४ पुरुष गरि थप २१२० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४०५ महिला र ५९६ पुरुष गरि १००१ जना, भक्तपुरमा ३५ महिला र ३२ पुरुष ६७ गरि जना र ललितपुरमा ४७ महिला र ६२ पुरुष गरि १०९ जना रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।
त्यस्तै शनिबार २०४४ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६२,७४० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै होम आइशोलेशनमा ११ हजार ५२९ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ७७३ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार २७३ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ६१ हजार ६६४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।





