कोराना सङ्क्रमण – प्रदेश १ मा तीनको मृत्यु, सुदूरपश्चिममा ६ हजार निको, कर्णालीमा तीन हजार ५०० सङ्क्रमित


१४ आश्विन २०७७, बुधबार ०८:४८ मा प्रकाशित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना सङ्क्रमति थपिएका छन् ।

मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एकरएक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।

मंगलवार थपिएका सङ्क्रमितमध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् ।

मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा प्रदेश बाहिरका चार जना थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

यहाँका ६ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

“अरु प्रदेशको तुलनामा हाम्रोमा मृत्युदर कम देखिएको छ ।” उनले भने, “कोरोनाबाट निको हुने दर पनि यहाँ राम्रो छ ।”

सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ६ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुईरदुई जनाको र डडेल्धुरा र बैतडीमा एकरएक जनाको मृत्यु भएको निर्देशनालयका सम्र्पक व्यक्ति जोशीले जानकारी दिए।

“बिरामीको प्रभावकारी व्यवस्थापनका कारण पनि यहाँ मृत्युदर कम भएको हो ।” उनले भने, “प्रयोगशाला बढाएर सङक्रमण परीक्षणको दायरा पनि दिनानुदिन बढुदै छ ।” उनले स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताए ।

“ अहिले हामीसँग ६ वटा स्थानमा प्रयोगशाला सञ्चालनमा आएको छ ।” उनले भने, “अछाम र कञ्चनपुरमा पनि पिसीआर मेसिन जडानको तयारीमा छ ।”

त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ । यहाँको कञ्चनपुरस्थित महाकाली अस्पतालमा दुई जना सङक्रमितको आइसियुमा उपचार भइरहेको छ ।

एक जनाको कैलालीमा भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालय जनाएको छ । यहाँ एक हजार १ कोरानाका सक्रिय बिरामी रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा असोज महिना शुरु भएसँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्न थालेको छ ।

यो महिनामा हालसम्म कैलालीमा दुई र अछाम,डडेलधुरामा एकरएक जना गरी चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यस बाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । ती मृतकको मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन । उनले भने‘‘पछिल्ला दिनमा कोरोनाको लोकल ट्रान्समिसन दर बढेको छ ।”

प्रदेशमा हालसम्म कैलाली जिल्लाका आठ जना,अछाम, बझाङ र बाजुराका दुईरदुई र डडेलधुरा र बैतडीका एकरएक जना समेत गरी १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ३२जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा आज सम्म कूल सङ्क्रमित सात हजार १५०जना पुगेको छ । ।

कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५०० नजिक पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा आज ५२ जना नयाँ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ४९४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here