नेपालमा शनिबार थप १२०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु


२७ भाद्र २०७७, शनिबार १७:१० मा प्रकाशित

काठमाडौं । नेपालमा शनिबार थप १२०१ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४१६ महिला र ७८५ पुरुष गरि थप १२०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरुमा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । त्यस्तै शनिबार ८५२ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म जना निको भएर ३७५२४ डिष्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हाल सक्रिय संक्रमितको संख्या १५२६० जना रहेका छन् भने क्वारेन्टाइनमा ६३५४ जना छन् । त्यस्तै होम आइशोलेशनमा ६ हजार १ सय ५३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार एक सय ७ जना रहेका छन् ।

हालसम्म ८ लाख ३१ हजार ३६२ पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here