पोखरामा थप एक महिलाको कोरानाका कारण मृत्यु


२७ भाद्र २०७७, शनिबार १२:२४ मा प्रकाशित

 

कास्की । कोरोना संक्रमणका कारण कास्कीको पोखरा महानगरपालिका–५ की ४५ वर्षिय महिलाको मृत्यु भएको छ। उपचारको क्रममा ती महिलाको शुक्रबार राति फिस्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ। यस्तै, शनिबार गण्डकी प्रदेशका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीका १०, गोरखाका १, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का ३४ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक ट्रेसिङमा पहिचान भएकाहरु हुन्। उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here