पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन


२७ भाद्र २०७७, शनिबार १२:१५ मा प्रकाशित

काठमाडौं । पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ।राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो।

प्रयोगशालाले ती कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंकाहाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको हो।

प्रयोगशालाका अनुसार ती उत्पादन‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here