प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण


२२ श्रावण २०७७, बिहीबार १३:३२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको बताए ।

सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको थियो । उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनलाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौंसहित देशभर सामूहिकरुपमा बस्दै आएकाहरुलाई कोरोना देखिन थालेको छ । बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here