विराटनगर । विराटनगरकी ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्केकी छन् ।
विराटनगर– ६ कि ती महिलालाई बुधबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले फूलगुच्छा दिएर बिदाइ गरे । बुधबार वृद्धासहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।





